दुई वटा ठूला नयाँ जहाज दुई वर्षभित्र आउने
असार ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले नेपाल वायुसेवा निगमका लागि दुई वटा जहाज लिजमा ल्याउने र बिग्रीएर रहेका तीन वटा जहाजको मर्मत प्रक्रिया अघि बढेको बताएका छन ।
ती जहाजहरू खरिदका लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोषले नेपाल वायुसेवा निगमलाई करिब रु दश अर्ब ऋण दिने सम्झौता भइसकेको छ ।
उनले नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत नियुक्तिप्रक्रिया अदालतमा मुद्दा परेकाले रोकिएको उल्लेख गर्दै पर्यटन मन्त्रीले बोर्डको कार्यलाई प्रभावकारी बनाउन अब कामु प्रमुख कार्यकारी अधिकृत तोकिने बताए ।
प्रकाशित मिति:
June 25, 2013