यार्सा खोज्न गएका दुईको ज्यान गयो
जेठ ३१ । मुगु गाविसका विभिन्न क्षेत्रमा पाइने यार्सा खोजीमा गएका दुई युवकको मृत्यु भएको छ ।
यार्सा सङ्कलनका लागि खुल्ला गरिएका ती क्षेत्रमा जिल्लाका र अन्य जिल्लाबाट आएका करिब १५ हजारभन्दामाथिको सङ्ख्यामा गएका सर्वसाधारणमध्ये अहिलेसम्म तीनको मृत्यु भइसकेको तथा बिरामी परेर पाँच हजारभन्दा बढी सङ्कलनकर्ता घर फर्केका छन् ।
यार्सा सङ्कलनकै क्रममा एक्कासी पेट फुलेर बिरामी परेपछि उपचारका लागि मुगु गाविसस्थित स्वास्थ्यचौकीमा ल्याइँदै गर्दा हुम्ला राय गाविस–२ का २८ वर्षीय काल्चे बुढा मङ्गलबार र बुम्रमाँडी चौर–२ का ३४ वर्षीय वीरबहादुर कठायत मुगु गाविसको दाने ओडार भन्ने स्थानको काठेपुलबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिए ।
प्रकाशित मिति:
June 14, 2013