उत्तर कोरीयाले भट्टि खोल्ने कुराले अमेरिका रुष्ट

दुई महिना भित्र परमाणु भट्टि सञ्चालनमा आउने उत्तर कोरियाका अधिकारीहरुको भनाइ पछि अमेरीकाले उत्तर कोरियाप्रति तिव्र असन्तुष्टि जनाएको हो । उत्तर कोरियाले अन्तराष्ट्रिय समुदायको भावनामा रत्तिभर चासो नदिएको अमेरीकाको भनाइ छ ।
पछिल्लो समय दक्षीण कोरिया र अमेरीकासँग उत्तर कोरीयाको सम्बन्ध विग्रीरहेका बेला उत्तर कोरियाले पुन भट्टि सञ्चालनमा ल्याउन लागेको हो । यसअघि उत्तर कोरियाले अप्रील महिनामानै भट्टि सञ्चालनमा ल्याउने घोषणा गरिसकेको थियो ।
उत्तर कोरीयाको घोषणालाई संयुक्त राष्ट्र संघले पनि आपत्ती जनाउदै आएको छ । उक्त भट्टी सन २००७ मा बन्द गरीएको थियो ।
प्रकाशित मिति:
June 04, 2013