राणातन्त्र, पञ्चायत र राजतन्त्र जस्तै प्रजातन्त्र विरोधीको लोप हुन्छ : कोइराला
जेठ २१ । नेपाली काङग्रेसका सभापति शुसिल कोइरालाले प्रजातन्त्रलाई मास्न खोज्नेहरु आफै बिलय भएर जाने दाबी गरेका छन् ।
प्रजातन्त्रलाई मास्न खोज्ने राणातन्त्र, पञ्चायत र राजतन्त्र क्रमश बिलय हुदै गएको स्मरण गर्दै सभापति कोइरालाले प्रजातन्त्र विरोधीहरु आफै लोप हुने तर्क गरे ।
राजधानीमा जिपि श्रमिक स्मृति भवन उद्घाटन गर्नेक्रममा कोईरालाले मुलुकमा अझै पनि प्रजातन्त्र बिरोधी शक्तिहरु सलवलाईरहेको बताए ।
प्रजातन्त्रको रक्षाका लागि नेपाली काङग्रेस जुनसुकै हदमा गएर पनि सघर्ष गर्ने उनको जिकीर छ ।
फरक प्रशंगमा कोईरालाले श्रमिकहरुको हक हितको संरक्षणका लागी नेपाली काङग्रेस अग्रपंतिमा उभिने बताएका छन् । उनले २०६२/६३ को जनआन्दोलन श्रमिकहरुले गर्दा सफल भएको जिकिर समेत गरे ।

प्रकाशित मिति:
June 04, 2013