बेपत्ता वृद्ध भेटाउनेलाई दस हजार पुरस्कार

जेठ १४ गते हराएका ५५ वर्षीय भूपेन्द्रप्रकाश रोकालाई अझैसम्म भेटाउन नसकेपछि आफन्त चिन्तित बनेका छन् ।
मानसिक सन्तुलन ठीक नभएका रोका जाङकै लालपाटनको गुफाबाट हराएको उनका दाजु सुरबहादुर रोका मगरले बताए । परिवार र आफन्तले रोका हराएकै दिनदेखि खोजी कार्य जारी राखेको भएपनि कहीँ पत्ता नलागेको बताइएको छ ।
लामो समयसम्म बेपत्ता भएका रोकालाई भेटाउनेलाई रु १० हजार नगद पुरस्कार दिने घोषणा परिवारले गरेको छ । बेपत्ता रोकाका दाजु सुरबहादुरले भाइलाई भेटाएर घरसम्म पु¥याउने वा प्रहरीमा बुझाइदिने जो कोहीलाई रु १० हजार दिने बताए । रासस
प्रकाशित मिति:
June 07, 2013