सुनको भाउ तोलाको ४ सय बढ्यो
जेठ २४ । केही समयदेखि लगातार उतारचढावमय बन्दै आएको सुनको भाउ शुक्रबार भने ४ सयले वृद्धि भएको छ ।
आज नेपाली बजारमा छापावाला सुन तोलाको ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । हिजो भने छापावाला सुन ५२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
यता, तेजाबी सुनको मूल्यमा पनि शुक्रबार तोलामा साढे ४ सय रुपैयाँ बढेर ५२ हजार २ सय ५० रुपैयाँमा पुगेको छ ।
चाँदीको मूल्य पनि शुक्रबार तोलामा १२ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी बजारमा तोलाको ८ सय ७७ रुपैयाँमा कारोबार भएको छ ।
प्रकाशित मिति:
June 07, 2013