जेठ २४ । नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गतका मजदुरहरुले सुरु गरेको दुई दिने आन्दोलनको पहिलो दिन चौधरी ग्रुप र लोमस हर्बलमा तोडफोड भएको छ ।
मजदुरहरुले ललितपुरको सानेपा स्थित चौधरी गु्रपको मुख्य कार्यलयमा तोडफोड गरेका हुन् । तोडफोडका कारण झ्यालका सिसा लगायत फर्निचरहरुमा क्षति पुगेको छ ।
त्यस्तै मजदुरहरले उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेको लगानी रहेको लोमस हर्बल रिसर्च सेन्टरमा पनि तोडफोड गरेका छन् । गोंगबुस्थित रिसर्च सेन्टर पुगेका उनीहरुले त्यहाँ रहेको कम्प्युटर, शोकेशमा लगायतका सामानहरु तोडफोड गरेका छन् ।
आफ्नो आन्दोलनलाई वेवास्ता गरिएकाले तोडफोड गरिएको मजदुरहरुले जनाएका छन् ।
मजदुरहरुले बिहीबार र शुक्रबार दुई दिन देशभर रहेका उद्योग कलकारखाना तथा व्यवसाय बन्द आह्वान गरेका हुन् ।
मजदुरको न्यूनतम तलब वृद्धि गरेर १५ हजार रुपैयाँ पु¥याउनुपर्ने माग गर्दै ट्रेड युनियनले दुई दिने उद्योग बन्दको घोषणा गरेको हो । मजदुर हड्तालका कारण देशका ठूलो उद्योग कलकारखाना ठप्प रहेको छ ।
उता न्युनतम तलव बृद्धिको माग गर्दै उद्योग हड्तालमा उत्रिएका माओवादी सम्बद्ध औद्योगिक मजदुर संघ मकवानपुर जिल्ला सचिव प्रकाश पौडलसहित ६ जनालाई बिहीबार बिहान ८ बजे हेटौडा औद्योगिक क्षेत्रबाट प्रहरीले गिरप्mतार गरेको छ ।
पक्राउ पर्नेमा नन्दलाल चौधरी, कृष्ण सिलुवाल, विष्णु हुमागाई, विमल विक र कर्ण कार्की रहेको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक रामदीप आचार्यले जानकारी दिएका छन् ।
दुई दिने उद्योग हड्तालबाट पनि मजदुरहरुको मागप्रति सरकार र सरोकारवालाले वेवास्ता गरे अनिश्चितकालका लागि उद्योग बन्द गरिने महासंघले चेतावनी दिएको छ ।
Powered by Blogger.
देशभरका उद्योग ठप्प, आन्दोलनको पहिलो दिन नै चौधरी ग्रुप र लोमस हर्बलमा तोडफोड
प्रकाशित मिति:
June 06, 2013