जेठ २३ । भारतले पाकिस्तानी गुप्तचर संस्था ‘इन्टर–सर्भिस इन्टेलिजेन्स’ (आईएसाई)ले आफ्नो पञ्जाव राज्यमा सीमापारीबाट आक्रमण गर्न कट्टरपन्थीहरूलाई तयार बनाउन तथा तालिम दिन प्रयास गरिरहेको भनी लगाएको आरोपलाई पाकिस्तानले बिहीबार अस्वीकार गरेको छ ।
भारतका गृहमन्त्री सुशीलकुमार सिन्धेलेले बुधबार पाकिस्तानी आईएसआईले सिख लडाकू नेताहरूलाई भारतको पञ्जाव तथा अन्य भागलाई लक्ष्य बनाउन दबाब दिएको आरोप लगाएका थिए ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता ऐजाज अहमद चौधरीले पाकिस्तानमाथि आरोप लगाउने र पाकिस्तानी सरकारी संस्थालाई आपराधिक क्रियाकलापमा संलग्न भएको भनी आरोप लगाउने टिप्पणीलाई पाकिस्तानले अस्वीकार गर्ने बताए ।
उनले यस प्रकारको भनाइ अनपेक्षित तथा खेदजन्य भएको बताए । उनले यस्ता भनाइले दुई मुलुकबीच सम्बन्ध सामान्य बनाउन भइरहेको प्रयासलाई प्रभावित बनाउने बताए ।
चौधरीले नयाँ दिल्लीलाई यस्तो प्रकारको आरोपको कुनै प्रमाण भए उपलब्ध गराइदिन र यस विषयमा थप आरोपहरूले पहिलेनै संवेदनशील बनेको सम्बन्धलाई अझै क्षति पु¥याउनसक्ने बताए । एजेन्सी
Powered by Blogger.
भारतमा आक्रमण गर्न लडाकूलाई तालिम दिन खोजेको आरोप पाकिस्तानद्वारा अस्वीकार
प्रकाशित मिति:
June 06, 2013