नेपाल- भारत बिच वार्ता काठमाडौमा शुरु
जेठ १८ – नेपाल भारत गृहसचिव स्तरीय बैठक आजबाट काठमाडौमा शुरु भएको छ ।
भारतीय टोलीमा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद, सीमा सुरक्षा बलका महानिर्देशक, केन्द्रीय गृह मन्त्रालयका विशेष सचिव, केन्द्रीय मन्त्रिपरिषद्का निर्देशक, विदेश मन्त्रालयका नेपाल मामिला प्रमुख, पश्चिम बङ्गाल राज्यका प्रहरी महानिरीक्षक, विहार राज्यका अतिरिक्त प्रहरी महानिरीक्षक, उत्तर प्रदेश राज्यको गृह मन्त्रालयका प्रमुख सचिव, उत्तराखण्डको पिथौरागढ क्षेत्र हेर्ने प्रहरी नायब महानिरीक्षकलगायत उपस्थित छन ।
नेपाली टोलीमा गृह, परराष्ट्र, कानुन तथा न्याय मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नयाँदिल्लीस्थित नेपाली नियोगका प्रमुख, मोरङ र पर्साका प्रमुख जिल्ला अधिकारी, अध्यागमन विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकारी छन् ।
यस अघिको गृहसचिव स्तरीय बैठक वार्ता भारतमा भएको थियो ।

मानव तथा लागुऔषध ओसारपसार आपराधिक मुद्दा, रक्त चन्दन तस्करी रोक्न सीमा सुरक्षा,सिमा क्षेत्रमा हुने गरेको अपराधिक गतिबिधि, लागुपदार्थ ओसारपसार, नक्कली भारतीय रुपैयाँको कारोबार लगायतका विषयमा छलफल हुने बताईएको छ ।
यस अघिको गृहसचिव स्तरीय बैठक वार्ता भारतमा भएको थियो ।
प्रकाशित मिति:
June 01, 2013