मनमोहन सिंह र शेरबहादुर देउवा बिच भेटबार्ता
जेठ २८ भारत भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवर्ता भएको छ । काग्रेस नेता देउवा र भारतीय प्रधानमन्त्री सिंहबीच साढे ११ बजेदेखि देखि ३५ मिनेटसम्म दुई देशको आपसी हितका विषयमा छलफल भएको बताईएको छ ।
भारतीय प्रधानमन्त्री रेसकोर्सस्थित निवासमा आज बिहान भेटवार्ता गरेका थिए । सिहंले सबै पार्टिलाई मिलाएर संबिभानसभाको छिटो चुनाब गर्न सुझाब दिएका थिए ।
नेपालमा संविधानसभा निर्वाचन मिति छिटो घोषणा गरेर संविधानसभा मार्फत् शान्ति, लोकतन्त्र र सम्मुनत नेपाल बनोस् भन्ने कामना सहित यसका लागि भारत सदा सहयोगका लागि तयार रहेको भारतीय प्रधानमन्त्री सिंहले बताएका थिए । प्रधानमन्त्री सिंहका साथमा राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रन्जन मथाइ, भारतीय राजदूत जयन्त प्रसाद र नेपाल भुटान मामला हेर्ने सहसचिव अखिलेश मिश्र उपस्थित थिए ।
देउवाले भेटवार्ताको क्रममा वनबासादेखि महेन्द्रनगर जोड्न महाकाली नदीमा पुल निर्माण, काठमाडौं निजगढ फास्ट ट्र्याक निर्माण, नेपालमा उत्पादित कृषिजन्य उत्पादनहरुको गुणस्तर प्रमाणिकरण नेपाल र सीमा क्षेत्रमै गर्ने व्यवस्था मिलाउन तथा जोगबुढादेखि पुनरावेदी जोड्ने झोलुङ्गे पुल निर्माणका सहयोगका लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति:
June 11, 2013