तीन महिनादेखि शव विदेशमा अलपत्र, परिवारलाई पीडामाथि पीडा
असार २ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका दोलखा मालीका एक युवाको मृत्यु भएको तीन महिना बितिसक्दा पनि उनको शव स्वदेश ल्याइएको छैन ।
फागुन १० गते सवारी दुर्घटनामा मृत्यु भएका माली– ८ का लालबहादुर बस्नेतको शव अहिलेसम्म पनि ल्याउन नसकिएको हो ।
मृत्यु भएको तीन महिनासम्म पनि उनको शव नेपाल ल्याउन नसकिएपछि पीडितका परिवारजन चिन्तित बनेका छन् । मृतक युवकको शव झिकाउन सम्बन्धित मेनपावर, परराष्ट्र कन्सुलर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलगायतलाई पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको मृतकका काका ज्ञानबहादुर बस्नेतले गुनासो गरे ।
विसं २०६९ वैशाखमा काठमाडौँस्थित नाइल इन्टरनेसनल ओभरसिजमार्फत साउदी अरब पुगेका बस्नेतको काम सुरु गरेको नौ महिना नपुग्दै दुर्घटनामा परीे मृत्यु भएको थियो । रासस
प्रकाशित मिति:
June 16, 2013