गर्भपतन गराउनेहरुमा अविवाहित किशोरीहरु पनि
चक्र बहादुर केसी/प्युठान
साउन १४ । प्यूठानमा अवैध रुपमा स्थानिय मेडिकलहरुमा गर्भपतन गर्नेको संख्या दिनप्रति दिन बढ्दै गएको छ।
अवैध रुपमा गर्भपतन गराउनेहरुमा अविवाहित युवतीहरु र ग्रामिण भेगका महिलाहरु रहेको भेटिएको हुन ।
अनिच्छित गर्भ १२ हप्ताभित्र सूचीकृत गर्भपतन केन्द्रमा गएर गर्भपतन गराउन पाइने कानुनी प्रावधान रहेपनि अवैध रुपमा स्थानिय मेडिकलहरुमा गर्भपतन गराउनेको संख्या धेरै रहेको मेरी स्टोप सेन्टर जुम्रीका प्रमुख डा.रामनरेश महराले बताए ।
डा. महराका अनुसार अवैधरुपमा स्थानिय मेडिकलहरुमा गर्भपतन गराउनेमा अविवाहित किशोरीहरु र ग्रामिण भेगका महिलाहरु रहेको पाईएको छ ।
अनिच्छित गर्भ १२ हप्ताभित्र सूचीकृत गर्भपतन केन्द्रमा गएर गर्भपतन गराउन पाइने कानुनी प्रावधान रहेपनि अवैध रुपमा स्थानिय मेडिकलहरुमा गर्भपतन गराउनेको संख्या धेरै रहेको मेरी स्टोप सेन्टर जुम्रीका प्रमुख डा.रामनरेश महराले बताए ।

जिल्लामा सजिर्कल गर्भपतन गराउन आउने महिलाहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको मेरी स्टोप सेन्टर जुम्री प्यूठानले जनाएको छ । मेरी स्टोप सेन्टरमा गर्भपतन गराउन आउने धेरै विवाहित महिलाहरु भएपनि तीमध्ये केहि महिलाहरु अविवाहित रहेको सेन्टरको तथ्यांक रहेको छ ।
मेरी स्टोप सेन्टर अनुसार प्लस टु तथा कलेज पढ्ने उमेरका केटी आउँछन्, कोही केटासाथी लिएर आउँछन । एबोर्सन गराउनुअघि फारम भराउँदा विवाहित कि अविवाहित भनेर छुट्टाउनुपर्छ ।यही तथ्याकलाई हेर्दा अविवाहितहरु पनि गर्भपतन गराउन आइरहेको पाइएको छ ।
प्रकाशित मिति:
July 29, 2013