गर्भवती बुहारी कुट्ने जेठाजु प्रहरी खोरमा
साउन ११ । बरहीवीरपुर–७ की २७ वर्षीया प्रेमलतादेवी रायलाई कुटपिट गरेको आरोपमा सोही स्थान बस्ने उनका जेठाजु ४१ वर्षीय अशोक रायलाई जिल्ला प्रहरी कार्यालयले आज गिरफ्तार गरेको छ ।
पीडितको उजुरीको आधारमा आरोपित अशोकलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय यादवले बताए ।
घरपरिवारको झगडा भएकाले दुवै पक्षलाई राखी छलफल गराइने उहाँले बताउनुभयो । जेठाजु अशोक र जेठाजुका छोरा १८ वर्षीय गिरिजाशङ्कर रायले जगल्टाएर लात्तैलातले हिजो दिउँसो २ बजे कुटपिट गरेको भनी पीडित सात महिनाकी गर्भवती प्रेमलताले बिहीबार प्रहरीमा उजुरी दिएकी हुन् ।
आरोपितहरूले १० वर्षीय छोरालाई कुटपिट गरिरहेको देखेर जोगाउन खोज्दा आफूलाई नै कुटपिट गरी घाइते बनाएको पीडितले बताइन् । पीडितको अनुहार र गर्धनमा चोट लागेको छ ।
घाइतेको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ । घाइतेका पति विराटनगरमा प्रहरी हवल्दारमा कार्यरत छन् भने प्रेमलता १० वर्षीय छोरासँग बस्दै आएकी छिन् ।

प्रकाशित मिति:
July 26, 2013