संविधानसभा निर्वाचन देशको विकास र जनताका सपना : केपी ओली

नेकपा एमाले बागमती अञ्चल सम्पर्क कमिटीले आज आयोजना गरेको प्रतिनिधि परिषद् प्रथम बैठकको उद्घाटन गर्दै उनले संविधानसभा निर्वाचन सफल पार्नका लागि त्यसअवधिसम्म कसैले पनि निर्वाचनलाई अवरोध हुने किसिमका गतिविधि सञ्चालन गर्न नहुनेमा जोड दिए ।
नेता ओलीले भने, “संविधानसभा निर्वाचन देशको विकास र जनताका सपना पूरा गर्ने निर्वाचन हो, यसलाई सफल पार्न सबैले एकताबद्व भएर लाग्नुपर्छ, यसलाई असफल बनाउने खेल कसैले पनि खेल्नु हुदैन ।”
“असन्तुष्ट दलहरूले पनि जनता र राष्ट्रका लागि वार्तामा आएर समस्याको समाधान खोज्नुपर्छ, मङ्सिर ४ गतेभन्दा अगाडि कुनै पनि प्रकारको टिकाटिप्णी नगरी निर्वाचनमा होमिनुपर्छ”– उनले भने ।
कार्यक्रममा नेता ओलीले एमाले बागमती अञ्चल सम्पर्क कमिटीका पूर्व अध्यक्ष कुमार खकुरेललाई सम्मान गरेका थिए ।
प्रकाशित मिति:
July 20, 2013