भोट माग्न गाउँ गए बाँकी राखिन्न : वैद्य
साउन ७ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सहमति बिना नै पेलेर चार दलले चुनाव गराए दुर्घटना निम्तने चेतावनी दिएका छन् ।
अध्यक्ष्य वैद्यले बिना सहमति दोस्रो संविधानसभा चुनाबका लागि नेताहरु भोट माग्न गाउँमा गएमा आफूहरुले बाँकी नराख्ने चेतावनी समेत दिएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ मकवानपुरले आज बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सहमति बिना नै पेलेर चारदल र सरकारले चुनाब गर्न खोजेमा कुनैपनि हालतमा चुनाब हुन नदिने बताए ।
संविधानसभा चुनावको लागि अहिलेको सरकार खारेज हुनुपर्ने, चारदलीय सिन्डिकेट खारेर हुनुपर्ने, गोलमेच सभा गरेर राजनीतिक दलहरुबाट नै सरकार गठन गरेर सहमतिका आधारमा चुनाव घोषणा गरेमा भने आफ्नो पार्टीले भाग लिने समेत उनले बताएका छन् ।
चार दलका नेताहरु चुनाब हुनुपर्छ भन्दै गाउँ जाने र नेकपा-माओवादीका कार्यकर्ताहरु चुनाब हुनुहुँदैन भनेर गाउँ जाँदा मुठभेड निम्तने उनको भनाई छ ।
एक अर्को प्रसंगमा उनले एकीकृत माओवादीसँग विचार नै अलग भईसकेको भन्दै धेरै कुरामा बिमती भएर अलग भएकाले फेरि सजिलैसँग पार्टी एकता हुन नसक्ने स्पष्ट पारे ।

प्रकाशित मिति:
July 22, 2013