एसएलसी नतिजामा चित्त नबुझ्नेहरुको संख्या साढे ११ हजार
असार २७ । केही समय अगाडी प्रकाशित एसएलसी नतिजामा चित्त नबुझ्नेहरुको संख्या साढे ११ हजार पुगेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले जेठ अन्तिम साता सार्वजनिक गरेको ०६९ को एसएलसी नतिजामा चित्त नबुझेको भन्दै असन्तुष्टि गर्नेहरुको संख्या ११ हजार ४ सय रहेको हो । उनीहरुले नतिजा पुनर्योगका लागि निवेदन दिएका छन् ।
एसएलसी परीक्षामा अनुत्तीर्ण भएकाले मात्र होइन उत्तीर्ण भए पनि अंकमा चित्त नबुझेर पुनर्योग गर्न आउनेको संख्यासमेत धेरै रहेको छ ।
प्रकाशित मिति:
July 11, 2013