सूचना नदिँदा धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठलाई कारबाही
भदौ ३ । धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठलाई सूचना नदिएको अभियोगमा कारबाही गरिएको छ ।
साउथ एसियन पार्टनरसिप९साप० नेपालको कार्यकारी भएको समयमा गरिएको निर्णयको सूचना माग गर्दै अयोगमा निवेदन परेपछि पनि अटेर गरेको भन्दै आयोगले उनलाई कारबाही गरेको हो ।
साप नेपालकै सदस्य केदारप्रसाद गौतमले सुचना माग गर्दै सुचना आयोगमा निवेदन दिएका थिए ।
सार्वजनिक संघसंस्थाले आफ्ना गतिविधिलाई बाहिर ल्याएर तथा कसैले पनि सूचना माग गरेमा दिनुपर्ने सूचनाको हक अन्तर्गत पर्दछ ।
प्रकाशित मिति:
August 19, 2013