'कुखुरा नखाएकै राम्रो'
साउन ३२ । सरकारले भक्तपुर जिल्लालाई मात्रै बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरे पनि काठमाडौं उपत्यकाका अन्य दुई जिल्ला संक्रमणमुक्त छैनन् । तर, पसलमा कुखुराको मासु पाइन छाडेको छैन।
होटल तथा रेस्टुरेन्टमा चिकेन मम, चिकेन चाउमिनलगायत परिकार बिक्री भइरहेकै छन् ।
यस्तो दोहोरो चालाले सर्वसाधारणमा अन्योल छ– कुखुराको मासु र अन्डा खान हुने कि नहुनेर संक्रमित कुखुरा र अन्डा बजार पुर्या्इएको पुष्टि भइरहेका बेला कुखुरा फार्म तथा मासुजन्य व्यापारमा संलग्न कामदारबाट उपभोक्तासम्म बर्डफ्लु संक्रमण हुनसक्ने जोखिम बढेको डाक्टरहरू बताउँछन् ।
सरुवा रोग विशेषज्ञ डा. मानसकुमार बनर्जीको सल्लाह मान्ने हो भने अहिलेको अवस्थामा उपत्यकाभित्रका कुखुराको मासु र अन्डा नखाँदा नै राम्रो ।
अहिलेको अवस्थामा अन्डा नखानु बेस, खानैपर्ने भए प्लास्टिकले समातेर मात्रै उसिन्ने भाँडोमा हाल्नुपर्छ,उनले भने, पोच वा अम्लेट बनाउँदा संक्रमित फार्मको रहेछ भने रोग सर्ने सम्भावना अझै बढी हुन्छ।
उनका अनुसार दूषित पानीमा चारदेखि ३० दिनसम्म बाँच्ने भाइरस सुलीमा तीन महिनासम्म बाँच्न सक्छ। कुखुराले पार्ने अन्डा सुलीमै खस्ने हुनाले त्यसमा भाइरस हुनसक्छ। त्यही भाइरस जीवित कोषमा पुग्यो भने गुणात्मक रूपमा फैलिन्छ।नागरीक दैनिकमा खबर छ ।
कुखुरा बोक्ने गाडी, स्याहारसुसार गर्ने व्यक्तिले लगाउने जुत्तादेखि कपडाबाट पनि भाइरस संक्रमण फैलिनसक्ने हुँदा व्यवसायीले पनि सतर्क हुनुपर्ने उनीहरूको भनाइ छ । कुखुरा व्यवसायीहरूले सोझै हातले नछुने र छोइए तुरुन्त धोइहाल्नुपर्ने उनले बताए।डिपफ्रिजु मा चिस्याइएको मासु बर्डफ्लु वा अन्य संक्रमणमुक्त हुन्छ भन्ने आमधारणा पनि गलत भएको डाक्टरहरू बताउँछन् । डिफ्रिज गर्दा त बर्डफ्लु भाइरस झन् आरामले बाँच्छ,बर्डफ्लु नियन्त्रण अभियानका प्रवक्ता एवं पशु चिकित्सक डा. नारायण घिमिरेले भने।
उनका अनुसार जुन अनुपातमा बर्डफ्लु फेला परेको छ, त्यो हेर्दा भक्तपुर क्षेत्रका कुनै पनि कुखुराको मासु र अन्डा खान हुन्न। सुली र सोत्तर छुनसमेत हुन्न। काठमाडौं र ललितपुर क्षेत्रमा पनि राम्ररी हात धोएर नाकसम्म भाइरस नपुग्नेगरी बचेर पकाउन सके मात्र खान मिल्ने उनको सुझाव छ ।
प्रकाशित मिति:
August 16, 2013