• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » पूर्व प्रम परिचमानको खल्लो बिदाई
पूर्व प्रम परिचमानको खल्लो बिदाई

साउन ३१ । करिब महिनादिनसम्म भारतमा उपचार गराउँदा समेत स्वास्थ्यमा सुधार नभए पछि नेपाल फिर्ता ल्याई नर्भिक हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको निधन भएको छ ।

उनको बिहीबार बिहान ३ बजे थापाथलीस्थित नर्भिकमा निधन भएको अस्पतालले जनाएको छ ।

उनको पार्थिव शरीरलाई उनको आफ्नै निवास  धापासी
लगेर राखिएपछि त्यहाँ श्रद्धाञ्जलीपछि बिहीबार नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।


फोक्सोको क्यान्सरबाट पीडित उनलाई उपचारको क्रममा भारतको हरियानास्थित मेदान्त मेडिसिटी अस्पतालमा झण्डै महिना दिनसम्म उपचार गरिएको भए पनि स्वास्थ्यमा सुधार नआए पछि हस्पिटले नेपाल फिर्ता लैजान सुझाव दिएको थियो । त्यसपछि उनलाई मंगलबार राति एयर एम्बुलेन्समार्फत स्वदेश फर्काइएको थियो ।

सरकारले अन्य पूर्वप्रधानमन्त्रीहरुलाई उपचार खर्च उपलब्ध गराइउँदै आए पनि  श्रेष्ठको स्वास्थ्य उपचारमा आर्थिक समस्या आएपछि सर्वसाधारणबाट चन्दा उठाउनु परेको थियो । आर्थिक सहयोगका लागि परिवारले पटक पटक सहयोग गर्न अपिल गरेका थिए । त्यसपछि देश तथा विदेशबाट उपचारका लागि केही रकम समेत जुटेको थियो ।

तर पछिल्लो पटक भने मन्त्रिपरिषदले उपचारका लागि पाँच लाख रुपैया दिने निर्णय गरेपनि सो रकम समेत उपलब्ध हुन सकेको छैन ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई सम्मान मात्र दिने निर्णय गरेको थियो ।

राज्यले राजकीय सम्मान नदिएको भन्दै मृतक श्रेष्ठका आफन्त र शुभचिन्तकहरुले प्रहरीद्वारा दिन लागिएको सलामीसमेत बहिस्कार गरेका थिए ।

राजकीय सम्मान नदिए प्रहरीको सम्मान नदिने भन्दै उनीहरुले नाराबाजी गरेका थिए । त्यसपछि त्यहाँबाट प्रहरी फर्किएको थियो ।

सरकारले उनलाई राजकीय सम्मान नदिए पनि पूर्वप्रधानमन्त्री श्रेष्ठप्रति श्रद्धान्जली दिन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनाल, सूर्यबहादुर थापा लगायतका नेताहरु धापासी पुगेका थिए ।











प्रकाशित मिति: August 16, 2013

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


प्रदेश प्रमुख र प्रदेश राजधानीबारे ...

एमाले महासचिव पार्टी एकताको पक्ष क...

गाडी चढ्न अब लाइनमा बस्नपर्ने

बालुवाटार पुगेर प्रचण्डले देउवालाई ...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • विसं २०७५ का लागि १३ पात्रो स्वीकृत
  • Watch Nepali Model- Baby Thapa
  • Miss Nepal Payal Shakya 2004
  • दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै
गृह पृष्ठ |