एमाओवादी नेताद्धारा नै दुई वर्षदेखि श्रीमतीलाई यातना
भदौ ७ । शहरमा हरेक दिन जसो महिला हिंसाका विरुद्ध गोष्ठी सेमिनार तथा अन्तरक्रिया जस्ता कार्यक्रम भईरहँदा पनि राजधानीमै महिला हिंसाका घटना रोकिएका छैनन् ।
अझ भयानक कुरो त के छ भने देश चलाउँछु भनेर भाषण ठोक्ने एक नेताले नै दुई वर्षदेखि आफ्नी श्रीमतीलाई यातना दिँदै आएको खुल्न आएको छ ।
सुनसरीको सोनापुरस्थित अरिहन्त मल्टिफाइबर्समा कार्यरत राईले श्रीमती कल्पना बास्तोलालाई दुई वर्षअघिदेखि यातना दिएको खुलेको हो ।
मजदुरका पक्षमा काम गर्न राईलाई एमाओवादीले सो उद्योगमा एकाइ सचिवको जिम्मा दिएको छ । तर, राईले भने सोही उद्योगमा कार्यरत लीलामाया सुवेदीसँग केही समयदेखि अवैध यौन सम्बन्ध राख्दै आएको र सुवेदीसँग सम्बन्ध बढेपछि श्रीमान् राईबाट बारम्बार आफूले कुटाइ खाँदै आएको बास्तोलाले बताएको आजको राजधानी दैनिकले खबर छापेको छ ।
बास्तोला पनि अरिहन्तमै फिर्निसिङ डिपार्टमा काम गर्दै आएकी छन् । राई र सुवेदीबीचको अवैध सम्बन्धका विषयमा बिहीबार उद्योगमा कुरा उठेपछि उनीहरूले उद्योग हाताभित्रै बास्तोलालाई कुटपिट गरी घाइते बनाएका थिए ।
कुटपिटबाट बास्तोलाको हात तथा खुट्टामा चोट लागेको छ । उद्योग परिसरमै आफूले कुटाइ खाएपछि बिहीबारै उनले उद्योग प्रशासनमा समेत राई र सुवेदीमाथि कारबाहीको माग गर्दै निवेदन दर्ता गराएकी छन् ।
प्रकाशित मिति:
August 23, 2013