आज गाईजात्रा पर्व मनाईदै
भाद्र ६ । आज काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न शहरमा गाईजात्रा पर्व मनाईदै छ । गाईजात्रा नेवार समुदायले भएको स्थानमा मनाउने चार्ड हो ।
यस अवसरमा नेवार समुदायमा वर्षभरी दिवंगत भएका आफन्तको आत्माले मुक्तिको कामना गरेर गाईको अनुहार र गणेशको मुखाकृत गाई बनाएर शहरका बिभिन्न स्थानमा घुमाउने गरीन्छ । यसोगर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।
ऐतिहासिक मान्यता अनुसार पुत्रबियोगले चिन्तित भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आफ्नो घरमा मृत्यु भएका व्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भन्ने आदेश पछि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गरेर शोकविह्लबाट मुक्त हने आशासहित यस्तो गरिएको भन्ने जनविश्वास रहेको छ।
आजका दिन दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलाईर् श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । शहरमा गाई पाल्नेहरुले भने साच्चिकै गाइलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगी–विरंगी कपडा, मुखुण्डो, पेरुङाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजा बजाएर टोलमा परिक्रमा गरेर मनाउने गरीन्छ ।
यसै गरी गाइजात्राको अवसरमा हास्यकलाकारहरुले बिभिन्न व्यङयकात्मक तरीकाबाट हसाउने गरीएको छ । यस अबसरमा राजधानीको राष्ट्रिष्य सभा गृह र प्रज्ञाभवनमा कलाकारद्दारा हास्यात्मक कार्यक्रम गर्न प्रचलन रहेको छ ।

प्रकाशित मिति:
August 22, 2013