भारतबाट आएर कोइरालाले भने- 'भारत नेपालमा निर्वाचन भएको चाहन्छ'
साउन २५ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपालमा निर्वाचन सम्पन्न भएर त्यसकै जगमा सिङ्गो देश राजनीतिक स्थिरता, शान्ति र विकासको बाटोमा अघि बढोस् भन्ने भारतको चाहना रहेको बताएका छन् ।
भारत सरकारको निमन्त्रणामा छ दिन लामो उच्चस्तरीय राजनीतिक भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति कोइारालाले नेपालमा निर्वाचन समयमै सम्पन्न होस् भन्ने भारतको चाहना रहेको जानकारी दिए ।

“भारतले संविधानसभाको निर्वाचन भएर नेपालमा राजनीतिक स्थायित्व, शान्ति र बहुदलीय लोकतन्त्रको संस्थागत विकास होस् भन्ने चाहना राखेको छ,” सभापति कोइरालाले भने ।
उनले भारत चुनावका लागि आवश्यक भौतिक सामग्री प्रदान गर्न तयार रहेको पनि जानकारी दिए ।
भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, काँग्रेस–आईका अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्शीद, विदेश सचिव सुजाता सिंह, भारतीय जनता दललगायतका विभिन्न दलका नेताहरूसँग सभापति कोइरालाले भारत भ्रमणका क्रममा भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति:
August 09, 2013