माओवादीलाई निर्वाचनमा भाग लिने बनाउन दबाब दिनुपर्छ : देउवा

नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले माओवादी सहमतिमा नआएर निर्वाचनमा सहभागी नभएपनि तोकिएको समय मै निर्वाचन हुने दाबी समेत गरे ।
हरसम्भव प्रयासगर्दा पनि चुनाव भाग नलिने स्थिति आए आफुहरु पर्खेर बस्न नसक्ने उनको भनाई छ ।
कार्यक्रममा उनले वैद्य सहितका असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन आफुहरु लागि परेको भन्दै सरकार परिवर्तन र चुनावको मिति सार्ने बाहेकका अन्य मुद्धामा छलफल गर्न आफुहरु तयार रहेको बताए ।
प्रकाशित मिति:
August 26, 2013