करोडौँका हेभी इक्विपमेन्ट कौडीमा बेचिँदै

सडक विभागले आफैं बाटो निर्माण गर्न छोडेर टेन्डरमार्फत निजी क्षेत्रलाई दिने र प्राथमिकतामा परेका आयोजना नेपाली सेनाले निर्माण गर्न सुरु गरेपछि सरकार मातहतका डोजर क्रेन स्काभेटर लगायत प्रयोग नभएर थन्किएको हेभी इक्विपमेन्ट डिभिजनले बताएको छ। हाल विकास निर्माणमा उपयोग विहिन यस्ता इक्विपमेन्ट वर्षामा पहिरो पन्छाउने काममा मात्र प्रयोग भइरहेका छन्।
सडक विभाग यान्त्रिक महाशाखाका अनुसार मुलुकभर ४ सय १७ वटा सानाठूला इक्विपमेन्ट छन्। कामविहिन भइ कार्यलय परिसरमै थन्किएका यस्ता इक्विपमेन्ट फलामको तैल अनुसार कौडीको भाउमा बिक्रि सुरु गरिएको बताइएको नयाँपत्रिकामा दैनिकमा खबर छ।
कामविहिन थन्किएर पुराना भएका हेभी इक्विपमेन्टलाई तौलका आधारमा लिलाम गर्ने गरेका छौ ु डिभिजन प्रमुख अशोक श्रेष्ठले बताए। नयाँ इक्विपमेन्ट भने १ करोडरुपैँया हाराहारी पर्छ। काठमाडौँ स्थित डिभिजन कार्यलयलेमात्रै ५ वर्षयता एउटैको करोड मूल्य पर्ने १३ वटा इक्विपमेन्ट कामै नगरी कौडीको भाउमा बिक्रि गरिसकेको छ
प्रकाशित मिति:
August 26, 2013