मापसे चेकजाँचका क्रममा चिनियाँले निर्घात कुटे ट्राफिक
भदौ १० । मापसे चेकजाँचका क्रममा चिनियाँ दुई नागरिकले निर्घात रुपमा ट्राफिकलाई कुटेका छन् ।
कमलपोखरीका ट्राफिक जवानलाई शनिबार बेलुका मादकपदार्थ सेवन गरी सवारी चलाएको आशंकामा चेकजाँच गर्दा चिनियाँले कुटेका हुन् ।
कुटपिटबाट चेकजाँच गर्ने प्रहरी जवान छविलाल बुढाथोकीको टाउको तथा खुट्टामा चोट लागेको नयाँ पत्रिकाले खबर छापेको छ ।

शनिबार बेलुका कमलपोखरीमा चेकिङमा रहेका प्रहरी जवान बुढाथोकीलाई कुटपीट गर्ने चिनियाँ नागरिकद्वय अन्टेन्सई र जेङ जुन्यान पक्राउ परेकोमा एक जना छुटेका छन् भने एक जनालाई सार्वजनिक मुद्धा चलाउने तयारी भएको खबरमा उल्लेख गरिएको छ ।
बा ३ च ४२८५ नम्बरको गाडी चलाएर आएका चिनियाँलाई रोकेर लाइसेन्स माग्दा जुन्यानले आफ्नो चिनियाँ लाइसेन्स झिकेर देखाएका थिए । त्यही क्रममा छेउमा रहेका अन्टेन्सइले गाडीबाट झरेर जवानलाई कुटपिट गरेको बताइएको छ ।

प्रकाशित मिति:
August 26, 2013