ट्रान्सफर्मर भ्रष्टाचारमा ४१ करोड माग दाबी

गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेर ४१ करोड १८ लाख ४० हजार ५ सय ७१ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार उनीहरूविरुद्ध मुद्दा दायर गरेको राजधानी दैनिमा खबर छ ।
अख्तियारले भ्रष्टाचार अभियोगमा भ्रष्टाचार गरेको रकमबराबरको जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने दावी गरेको छ । प्राधिकरणले विश्व बैंकको सहयोग र आफैँले गरी विभिन्न चरणमा गरी १ हजार ९ सय ९५ थान ट्रान्सर्फमर खरिद गर्दा सो बराबरको रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
प्राधिकरणले पहिलो चरणमा १ हजार २ सय ६० थान र विश्व बैंकको सहयोगमार्फत ७ सय ३५ थान ट्रान्सफर्मर खरिद गरेको भन्दै अख्तियारले दुवै खरिद प्रक्रियामा भ्रष्टाचार भएको बताएको छ ।
प्राधिकरणले पहिलो चरणमा १ हजार २ सय ६० थान र विश्व बैंकको सहयोगमार्फत ७ सय ३५ थान ट्रान्सफर्मर खरिद गरेको भन्दै अख्तियारले दुवै खरिद प्रक्रियामा भ्रष्टाचार भएको बताएको छ ।
प्रकाशित मिति:
August 26, 2013