डलर झन् आकासिदाँ नेपाली अर्थतन्त्र थप जोखिममा

राष्ट्र बैंकले आज १ सय २ रुपैया डलरको भाउ तोकेको छ । खास गरी डलरले भारतीय रुपैयाँ समेत कमजोर बनेपछि नेपालमा त्यसको सोझो प्रभाव परेको छ । नेपाली चाड पर्व नजिकिदै जाँदा यसले महंगी ल्याउने निश्चित छ ।
केही अर्थविद्हरुले नेपालले पहिला देखि नै भारतसँग स्थीर विनिमय दर राख्नु, भारतसँगै गरिने व्यापार पनि डलरमा भुक्तानी गरिनु आदि समस्याले अहिले समस्या भोग्नु परेको बताएका छन् ।
डलरको बृद्धिले समग्रमै उपभोग्य बस्तुदेखि विदेशबाट आयात हुनै सबै सामाग्रीको मुल्य बढ्ने देखिएको छ । यसले विकास तथा खर्च र जनजीवन थप जटिल हुने चिन्ता बढ्न थालेको छ ।
प्रकाशित मिति:
August 23, 2013