केटोसँग गेस्ट हाउस आएकी युवती घाटी रेटिएको अवस्थामा मृत फेला
साउन २२ । एक युवासँगै गेस्ट हाउसमा आएकी युवती घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी छन् ।
सुन्धाराको पर्वतशिखर गेस्ट हाउसमा अन्दाजी २५ वर्षीया युवती आज बिहान करिब १० बजे एक केटोसँग आएको र केटो भने त्यसको करिब एक घण्टामा बाहिरिएका थिए । त्यसपछि केटो भने नफर्किएको बताइएको छ ।
होटल सञ्चालकले केटा एटिएममा पैसा झिक्छु भनेर निस्किए पछि नफर्किएको बताएका छन् ।
पछि खाना खाने बेलामा बोलाउन जाँदा केटी भने मृत अवस्थामा फेला परेकी हुन् ।
मृत युवतीको नाम ठेगाना खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भईरहेको बताएको छ ।

प्रकाशित मिति:
August 06, 2013