राष्ट्रपति यादव र प्रचण्डवीच भेटवार्ता, सबै दललाई निर्वाचनमा समेटेर जान प्रचण्डलाई राष्ट्रपति सुझाब

राष्ट्रपतिको कार्यालय शीतलनिवासमा भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, अर्को संविधानसभाको निर्वाचनलगायतका विषयमा कुराकानी जनाइएको छ ।
भेटमा प्रचण्डले आगामी संविधानसभाको निर्वाचनमा निर्वाचनप्रति केही असहमति राख्दै आएका दलहरुसँग भइराखेको वार्ताका बारेमा राष्ट्रपतिलाई अवगत गराएका थिए ।
उच्चस्तरीय राजनीतिक समितिका अध्यक्षसमेत रहेका प्रचण्डले मंसिर ४ मा संविधानसभाको निर्वाचनमा दलहरु होमिसकिएको र निर्वाचनमा असहमति राख्दै आएका दलहरु पनि निर्वाचनमा भाग लिने बताएका थिए । तर
उच्चस्तरीय राजनीतिक समितिका अध्यक्षसमेत रहेका प्रचण्डले मंसिर ४ मा संविधानसभाको निर्वाचनमा दलहरु होमिसकिएको र निर्वाचनमा असहमति राख्दै आएका दलहरु पनि निर्वाचनमा भाग लिने बताएका थिए । तर
राष्ट्रपति डा यादवले सबै दललाई निर्वाचनमा समेटेर जान र निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न आग्रह जनाइएको छ ।
प्रकाशित मिति:
August 14, 2013