हाम्रा माग पुरा भए घोषित समयमा चुनाव : देव गुरुङ

सरकारको विघटन, उच्चस्तरीय राजनीतिक समितिको विघटन, २५ बुँदे बाधा अडकाउ तथा ११ बुँदे चार दलीय सहमतिको खारेजीको माग मोर्चाले माग रहेको बताएका छन ।
सहमतिका लागि मङ्सिर ४ मा घोषित निर्वाचनको मिति सार्ने आफूहरुको प्रस्ताव रहे पनि अन्य मागमा सरकार र चारदल सहमत भए निर्धारित मितिमै निर्वाचन गर्न मोर्चा तयार हुनसक्ने माओवादी सचिव देव गुरुङले बताए
३३ दलीय मोर्चा संविधान र निर्वाचन विरोधी हैन, सहमतिकै आधारमा अघि बढ्नुपर्ने र संविधानसभाबाटै नयाँ संविधान जारी हुनुपर्छ भन्ने हामीले चाहेका छौं तर कतिपय विषयमा चार दलले निषेधको राजनीति शुरु गरेकाले आपत्ति भएको देब गुरुङको भनाइ रहेको छ ।
सरकार र चारदलीय समितिबीचको वार्ता र संवादपछि निर्वाचनमा भाग लिने नलिने टुङ्गो लाग्ने उनले बताए ।
ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा करिब दुई घण्टासम्म भएको दुईपक्षीय वार्तामा ३३ दलीय मोर्चाको तर्फबाट नेता गुरुङ, हरिभक्त कँडेल, सुरेश आलेमगर लगायतका अन्य साना दलका नेताहरुको सहभागिता थियो ।यसैगरी सरकारका तर्फबाट सरकारी कार्यदलका संयोजक गृहमन्त्री माधवप्रसाद घिमिरे, सञ्चारमन्त्री पौडेल तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिकको सहभागिता थियो ।
प्रकाशित मिति:
August 14, 2013