ओमनमा नेपाली नारी समुहले तीज कार्यक्रम गर्ने
अल गमैया हल न्यु सललाहमा गरिन लागिएको उक्त तीज कार्यक्रम भगवान शिवजीको पुजा अर्चजनन, स्वागत गीत, सांस्कृतिक पहिरनमा नृत्य, तीज बिशेष गीतहरु, एकल नृत्य गरिनुका साथै तीज विशेषका खानाका परिकारहरु रहने पनि बताइएको छ ।
सललाहमा पहिलोपटक तीज कार्यक्रमको आयोजना गरिन लागेको हुनाले र विशेष गरी नेपाली नारीको महान चाँड तीज भएकोले पनि देश छोडेर प्रदेशमा रहेका नेपाली महिला दिदी बहिनीहरुलाई आफ्नो देशको संस्कृति र परंपराले तान्नुका साथै उल्लेख्य रुपमा महिला दिदीबहिनीको सहभागिता रहने संस्थाकी अध्यक्ष शान्ता केसीले बताइन् ।
यसैबीच नारी समुहले कार्यक्रममा सहभागीहुनका लागि १ सबै महिला दिदी बहिनी तथा दाजुभाईहरुलाई सेप्टेम्बर २०१३ भित्रै नाम दर्ता गर्न पनि अनुरोध गरेको छ ।
कार्यक्रममा आफ्नो कला देखाउन चाहानेले आफुलाई चाहिने गीत लगायतको समानहरु आफै ल्याउनु पर्ने बताउदै विशेष गरेर तीज सम्बन्धी प्रस्तुतिलाई नै विशेष प्राथमिकता दिने पनि संस्थाकी उपाध्यक्ष आशा क्षेत्रीले जानकारी दिएकी छन ।
यसैगरी समुहले अन्य जानकारीको लागि निम्न फोन नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । शान्ता केसी ९८२८८५४३, दिपक तामाङ ९७४१५२६४ र विशाल राई ९९६२८२०१ रहेको छ । साथै संस्थामा नाम दर्ताको लागि आशा क्षेत्री ९९०५४१२५, लक्ष्मी भट्टराई ९२२४८७४२ र किरण घले ९९०९२८३६६ रहेको छ ।
प्रकाशित मिति:
August 09, 2013