लोकतन्त्र र जनताको अधिकारमाथि धावा बोल्न निर्वाचन रोजियो : वैद्य

नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष बैद्यले सो कुरा बताएका हुन् । आफूहरुले वार्ता र संघर्ष एकैसाथ अघि बढाउने बताउदै अध्यक्ष बैद्यले चुनाव रुपमा लोकतन्त्रका लागि जस्तो देखिए पनि वास्तविक रुपमा लोकतन्त्र र जनताको अधिकारमाथि धावा बोल्न चार दलीय सिण्डिकेटले चुनाव गराउन खोजेको बताए ।
२०४६ सालपछि दलहरुले बेवास्ता गरेकै कारण आफुहरुले १० बर्षे जनयुद्ध गरेको स्मरण गर्दे बैद्यले दलहरुले फेरी बेवास्ता गरे दुर्घटना निम्तिने चेतावनी समेत दिए ।
उनले सबै पार्टीहरुका बीचमा सहमति भएमा आफूहरु सविधान सभाको चुनावमा सहभागी हुने विचार पनि व्यक्त गरे ।
वैद्यले देश र जनताको मुक्ति र परिवर्तनका लागि सक्रिय भूमिका निर्वाह गर्न कर्मचारीहरुसंग अपिल पनि गरेका छन् ।
कार्यक्रममा माओवादी प्रवक्ता पम्फा भुषालले नेपालमा कतिपय उच्च स्तरीय कर्मचारीहरुले नै राष्ट्रिय अस्थित्वका लागि भन्दा पनि पाँचतारे होटलमा बसेर भारतको निर्देशनमा काम गरेको भन्दै आपत्ती जनाइन् । अधिवेशन भोलि सम्म चल्ने छ ।
प्रकाशित मिति:
August 09, 2013