जाजरकोटमा ट्याक्टर दुर्घटनाः २ को मृत्यु, २ जना गम्भीर घाइते
दिप बहादुर घर्ती
साउन २५ । शुक्रवार दिउसो २ बजे शान्ति चौताराबाट सागाडतिर ढुङ्गा लिन गईरहेको भे.१ त ५१७२ नम्बरको ट्याक्टर खहरेखोलामा दुर्घटना भएको छ ।
दुर्घटनामा चालक सहित २ को मृत्यु र २ जना गम्भीर घाइते भएको जनाइएको छ ।
सडकबाट करिब ५०० मीटर तल खोलामा खसेर ट्याक्टर दुर्घटनाग्रस्त भएको हो ।
उक्त दुघर्टनामा मृत्यु हुनेहरुमा खलङ्गा ४ का १७ बर्षीय ट्याक्टर चालक अच्युत शाही र पुन्मा ६ का १५ बर्षीय बालक खिम बहादुर टमट्टा को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खलङ्गा ४ का सिद्धमान भण्डारी र पुन्मा ६ का नैन बहादुर सिंह गम्भीर घाइते भएको श्रोतले जनाएको छ ।
घाइतेहरुलाई उपचारको लागी चौरजहारी मिशन अस्पतालमा लगिएको श्रोतले भन्यो । चालकको नियन्त्रण भन्दा बाहिर गएर दुघर्टना भएको ट्रयाक्टर पुर्णरुपमा क्षती भएको गाडी धनी दिपक खनालले जनाएका छन् ।
साउन २५ । शुक्रवार दिउसो २ बजे शान्ति चौताराबाट सागाडतिर ढुङ्गा लिन गईरहेको भे.१ त ५१७२ नम्बरको ट्याक्टर खहरेखोलामा दुर्घटना भएको छ ।
दुर्घटनामा चालक सहित २ को मृत्यु र २ जना गम्भीर घाइते भएको जनाइएको छ ।
उक्त दुघर्टनामा मृत्यु हुनेहरुमा खलङ्गा ४ का १७ बर्षीय ट्याक्टर चालक अच्युत शाही र पुन्मा ६ का १५ बर्षीय बालक खिम बहादुर टमट्टा को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खलङ्गा ४ का सिद्धमान भण्डारी र पुन्मा ६ का नैन बहादुर सिंह गम्भीर घाइते भएको श्रोतले जनाएको छ ।
घाइतेहरुलाई उपचारको लागी चौरजहारी मिशन अस्पतालमा लगिएको श्रोतले भन्यो । चालकको नियन्त्रण भन्दा बाहिर गएर दुघर्टना भएको ट्रयाक्टर पुर्णरुपमा क्षती भएको गाडी धनी दिपक खनालले जनाएका छन् ।
प्रकाशित मिति:
August 09, 2013