प्रचण्डमाथि नै जाईलाग्दै पूर्वलडाकुका कमाण्डरहरु
भदौ १६ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नै पार्टी मातहतका पूर्वलडाकु कमाण्डरहरु जाईलाग्न थालेका छन् ।
पार्टी भित्रैका केही कमान्डरले पार्टी जिम्मेवारीको अवज्ञा गरेर दाहाललाई चुनौती दिन थालेका छन् भने केहीले आगामी निर्वाचनमा आफूहरू उम्मेदवार नबन्ने र पार्टीका उम्मेदवारलाई पनि असहयोग गर्ने चेतावनी दिइरहेका छन् ।
शिविरभित्र भएको आर्थिक हिनामिनाका सवालमा आफूहरूमाथि लागेको भ्रष्टाचारको आरोपमा ‘क्लिन चिट’ दिने आश्वासन दिए पनि अझै सो अनुरूपको काम नभएको भन्दै उनीहरू दाहालमाथि जाईलाग्न थालेका हुन् ।
एकीकृत माओवादीका केन्द्रीय सदस्यसमेत रहेका तत्कालीन डिभिजन कमान्डर धनबहादुर मास्की ‘राजेश’ र कालीबहादुर खाम ‘विविध’ले पार्टी जिम्मेवारीको अवज्ञा गरेका हुन् भने अन्य कमान्डरहरूले निर्वाचनमा असहयोग गर्नेसम्मको चेतावनी दिइरहेको आजको राजधानी दैनिकले खबर छापेको छ ।
ती पूर्व लडाकुका नेताहरुले पार्टीले सञ्चालन गरेको एकमहिने जनसम्बन्ध सुदृढीकरण अभियानका क्रममा कार्यक्षेत्र गए पनि आफूहरूमाथि लागेको आरोपमा ‘क्लिन चिट’ नदिएमा निर्वाचनमा असहयोग गर्ने बताउन थालेका छन् ।
एकीकृत माओवादीका केन्द्रीय सदस्यसमेत रहेका तत्कालीन डिभिजन कमान्डर धनबहादुर मास्की ‘राजेश’ र कालीबहादुर खाम ‘विविध’ले पार्टी जिम्मेवारीको अवज्ञा गरेका हुन् भने अन्य कमान्डरहरूले निर्वाचनमा असहयोग गर्नेसम्मको चेतावनी दिइरहेका छन् ।
२०६९ साउनमा काठमाडौंको भृकुटीमण्डपमा भएको विस्तारित बैठकमा शिविरभित्र व्यापक मात्रामा आर्थिक हिनामिना भएको भनेर चर्को रुपमा आवाज उठेको थियो ।
प्रकाशित मिति:
September 01, 2013