चुनावका लागि ४५ हजार म्यादी प्रहरी भर्ना गरिने

देशभरका मतदान केन्द्रमा निर्वाचन गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या अपुग हुने भएकाले मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले गृह मन्त्रालयलाई म्यादी प्रहरी राख्न स्वीकृति दिएको छ ।
निर्वाचन आयोगले समेत सरकारलाई मतदान केन्द्रको सुरक्षाका लागि लागि आवश्यक संख्यामा म्यादी प्रहरी राख्न सहमति दिइसकेको छ ।
मन्त्रिपरिषद्ले ४५ हजार म्यादी प्रहरीका लागि २ महिनासम्म नेपाल प्रहरीसरह रासन, भत्ता र तलब दिने निर्णय गरेको छ । गृहले छिट्टै सार्वजनिक सूचना जारी गरी ७५ वटै जिल्लामा आवश्यकताअनुसार म्यादी प्रहरी भर्ना गरी तालिम दिने र चुनावमा परिचालन गर्ने जानकारी गृहका अधिकारीले बताएको कान्तिपुरमा खबर छ ।
प्रकाशित मिति:
September 14, 2013