भारतबाट नेपाल फोन गर्दा केही सहुलियत

नयाँदिल्लीमा आयोजित कार्यक्रममा दुई कम्पनीबाट संयुक्त रूपमा सो प्रवर्द्धनात्मक योजना सञ्चालनको शुभारम्भ गरिएको हो । उक्त योजनाअनुसार भारु ५४ भुक्तानी गरी नेपाल टेलिकमको नेटवर्कमा १० मिनेटसम्म फोन गर्न सकिने व्यवस्था छ । यसअघि भारतबाट फोन गर्दा औसतमा प्रतिमिनेट १० भारु लाग्दै आएको थियो ।
उक्त कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले मुलुक बाहिर रहेका ठूलो सङ्ख्याका नेपालीले आफ्नो परिवारजन तथा इष्टमित्रसँग सहज तथा सस्तो दरमा टेलिफोन सेवा उपयोग गर्न पाऊन् भन्ने उद्देश्यअनुरूप सो प्रवर्द्धनात्मक सेवा सुरुआत गरिएको बताए। हाल सो सुविधा भारती एयरटेलमार्फत नयाँदिल्लीबाट नेपाल टेलिकमको नेटवर्कमा फोन गर्दा उपलब्ध हुने तथा भविष्यमा एयरटेलले भारतका अन्य सहरबाट समेत सो सहुलियत दरको सेवा उपलब्ध गराउन सक्नेछ ।
हाल नेपाल टेलिकममार्फत एक्सेस कोड १४२४ प्रयोग गरी भारतमा फोन गर्दा करबाहेक प्रतिमिनेट २।९० रुपैयाँ लाग्दै आएको छ ।
प्रकाशित मिति:
September 09, 2013