डाक्टर आफै नै मानसिक रोगी हुँदा...!

सो बेला आफूलाई के भएको भन्ने पत्तै लागेन । उनलाई खान मन नलाग्ने, परिवारका सदस्यसँग बोल्न मन नलाग्ने, श्रीमानसँग झगडा गरिरहनेलगायत समस्या थियो । कसै गर्दा पनि ठीक नभएपछि धामीझाँक्रीकहाँ गएर बुटीसमेत बाँधिन । ‘एकजना बैद्यले फुकेर खरानी दिए,’ उनले भनिन् ‘महिनादिनसम्म पानी खाएँ, तर केही सुधार भएन् ।’
उनका श्रीमान मानसिक स्वास्थ्य विशेषज्ञ विश्ववन्धु शर्माले डिप्रेसनको औषधि खान सल्लाह दिएका थिए । ‘मलाई पागल भन्ने भनेर श्रीमानसँगै झगडा गरें।’ एक कार्यक्रममा आफू पहिले मानसिक समस्यामा परेको उल्लेख गर्दै उनले भनिन्, ‘त्यसपछि जाँच गराउँदा छ महिनासम्म डिप्रेसनको औषधि खानुपर्र्यो पछि पूरै ठीक भयो ।’
कान्तिपुर दैनिकमा छापिएको खबर अनुसार कतिबेला मानसिक समस्या सुरु हुन्छ भन्ने थाहै नहुने उनले बताएकी छिन् ।
विशेषगरी बच्चा जन्मिसकेपछि महिलामा कुनै न कुनै किसिमको मानसिक समस्या हुने गरेको छ । कतिपयले त्यो समस्या थाहौ पाउँदैनन भने कतिपय महिलाले नभनेरै केही समयपछि ठीक हुने गरेको छ । ‘म बच्चा जन्मेपछि मानसिक समस्यामा परे पनि २५ वर्षपछि भन्ने साहस गरें ’ उनले भनेकी छन् ।
प्रकाशित मिति:
September 20, 2013