३३ दलले नेपाल बन्द गराएपछि निर्वाचन कार्यतालिका नै फेरियो

यथास्थितीमा गरिने चुनाब बहिष्कार अभियान शसक्त बनाउँदै सक्रिय रुपमा बन्द गर्ने भएपछि निर्वाचन आयोगले उमेद्धार मनोनयन दर्ता एक हप्ता पछि सारेको छ ।
सरकार र उच्चस्तरिय राजनितिक आयोगको आग्रह पछि निर्वाचन आयोगले आज यस्तो निर्णय गरेको हो।
निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचि पेश गर्न यही असोज ७ गते र प्रत्यक्षतर्फको मनोनयनका लागि १० गतेको दिन तोकेको थियो । अब भने राजनीतिक दलहरुले समानुपतिक उम्मेदवारको बन्दसूची १४ गते पेश गर्नु पर्ने छ भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता १७ गतेका लागि तोकिएको छ । ४ मंसिरको निर्वाचनको कार्यतालिका भने यथावत नै रहेको छ ।
निर्वाचन बहिष्कार अभियानमा लागेको माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता दिनलाई प्रभावित गर्नेगरी असोज ९ र १० गते नेपाल बन्दको घोषणा गरेपछि निर्वाचन आयोगले आज यस्तो निर्णय गरेको हो ।
प्रकाशित मिति:
September 19, 2013