संरक्षण कविता आन्दोलन सौराहामा हुने
असोज ३ । संरक्षण कविता आन्दोलनको ५६औं श्रृखला शनिबार चितवनको सौराहामा हुने भएको छ ।
कार्यक्रममा सहभागी हुन संयोजक सरुभक्तको नेतृत्वमा आन्दोलनकारी कविहरु शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छन् । आन्दोलनको यो श्रृखलामा पोखराबाट सरस्वती प्रतीक्षा, शरण आँसु, ईश्वरमणि अधिकारी, फडिन्द्र अकिञ्चन, दीपक समीप, सुरेश रानाभाट, प्रकाश ज्ञवाली, जीवनसागर भण्डारी, नवराज अधिकारी र अल्पज्ञानी सहभागी छन् ।
चितवनबाट आन्दोलनमा भूपिन ब्याकुल, सरिता तिवारी र सुमनराज श्रेष्ठ सहभागी हुने छन् भने काठमाडौंबाट रोशन शेरचन र भोजराज न्यौपाने सहभागी हुँदै छन् । आन्दोलनकारी कविहरुले विभिन्न स्थानमा गएर त्यहीका बिम्ब र जनजीवन समेटेर सिर्जना गरी सोही स्थानमा कार्यक्रम गरी रचनावाचन गर्ने परम्परा छ ।
चितवनका साहित्यकारहरुको बिषेश उपस्थिति रहने कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष गौतम बिजुक्छे र पत्रकार अमृत भादगाउँले अतिथिको रुपमा सहभागी हुँदै छन् ।
आन्दोलनकारी कविहरु शुक्रबार प्राज्ञ सरुभक्तको प्रमुख आतिथ्यतमा चितवनबाट प्रकाशित हुने चरैवेती साहित्यिक त्रैमासिकले आयोजना गरेको ‘चितवनका कवि र कविता’ विशेषाङ्क विमोचन र विशेष कवि गोष्ठीमा पनि सहभागी हुने कार्यक्रम छ ।
वि. स. २०५५ मा ‘संरक्षण नै जीवन हो, जीवन नै संरक्षण हो’ भन्ने उद्घोषका साथ पाँच सूत्रिय घोषणपत्र जारी गरी आन्दोलनको आरम्भ भएको हो ।

प्रकाशित मिति:
September 19, 2013