अन्तर्राष्ट्रिय शान्ति दिवशको दिन शिव शक्ति पुजा पाठ
दिप बहादुर घर्ति/जाजरकोट
असोज ३ । “शान्ति र शिक्षा समृद्ध नेपालको अपेक्षा” भन्ने मुल नाराका साथ आज जाजरकोटमा अन्तराष्ट्रिय शान्ति दिवशको अवसर पारेर शान्ति शिव शक्ति पुजा पाठ गरिएको छ ।
असोज ३ । “शान्ति र शिक्षा समृद्ध नेपालको अपेक्षा” भन्ने मुल नाराका साथ आज जाजरकोटमा अन्तराष्ट्रिय शान्ति दिवशको अवसर पारेर शान्ति शिव शक्ति पुजा पाठ गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी चक्रपानि पाण्डेको प्रमुख आतिथ्यतामा खलंगा ठाँटी वजार स्थित वृदाश्रममा रहेको शिव मन्दिरमा शान्तिका लागी पुजा पाठ गरिएको हो ।
उक्त कार्यक्रमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि , सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।
शान्ति समितिका संयोजक प्रताव जैसीको सभापतित्वमा संचालन भएको कार्यक्रम मा शान्ति समितिकी सचिव चद्रा अधिकारीले स्वागत मन्तव्य राख्दै अन्तराष्ट्रिय शान्ति दिवशलाई भव्य रुपमा सम्पन्न गर्न सम्पुर्ण निकायलाई आग्रह पनि गरे । अन्तराष्ट्रिय शान्ति दिवश जाजरकोटमा ५ गते सम्म मनाइने भएको छ ।
प्रकाशित मिति:
September 19, 2013