सरकारले निर्वाचनको कार्यतालिका सारेपछि नेपाल बन्द पनि सर्ने
ठमाडौं ३, असोज । निर्वाचनलाई प्रभावित गर्ने गरी घोषित असोज ९ देखिको दुई दिने नेपाल बन्द सर्ने भएको छ ।
सरकार र चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको आग्रहमा निर्वाचन आयोगले ३३ दलीय मोर्चाको बन्द छल्दै कार्यतालिका परिवर्तन गरेपछि ३३ दलले पनि बन्दको कार्यक्रम परिर्वतन गर्ने भएका हुन् ।

यसअघि असोज ७ गते समानुपातिक उम्मेदवारी बन्दसूची र १० गते प्रत्यक्षतर्फको उम्मेदवारीको मिति तोकेको थियो । सोही मिति प्रभावित हुनेगरी ३३ दलीय मोर्चाले ९ र १० गते नेपाल बन्दको आह्वान गरेपछि आयोगले ठिक एक साता पछिलाई मिति सारेको हो ।
नेकपा–माओवादी प्रवक्ता पम्फा भुसालले घोषित बन्द निर्वाचनलाई प्रभावित पार्ने गरी नै गरिएकाले निर्वाचनको कार्यतालिका परिवर्तन भएपछि बन्दको मिति पनि परिवर्तन गरिने जानकारी दिइन् । प्रवक्ता भुसालले आफ्नो पार्टी मात्र नभई ३३ दलले बन्द आह्वान गरेकाले ३३ दलीय मोर्चाले नै मिति सार्ने वा बन्द फिर्ता लिने निर्णय गर्ने बताइन् । १७ गतेका लागि नै पनि नेपाल बन्द हुनसक्ने मोर्चाका अर्का एक नेताले बताएका छन् ।
यसअघि निर्वाचन आयोगले १० गते निर्वाचनका लागि मनोनयनको मिति तोकेको थियो । उक्त तालिका प्रभावित हुने गरी मोर्चाले भने ९ र १० गते नै बन्द आह्वान गर्दा सरकारले १० गतेको मनोनयनको मिति १७ गते सारेपछि मोर्चाले १७ गतेकै लागि पनि नेपाल बन्द गर्न सक्ने सम्भावना रहेको छ । तर यसको टुंगो भने ३३ दलीय मोर्चाको बैठकले गर्ने प्रवक्ता भुसालको भनाई छ ।

प्रकाशित मिति:
September 19, 2013