बजेट अभावमा नलसिंहगाडको डिपीआर कार्यमा ढिलाई
दिप बहादुर घर्ति/जाजरकोट
असोज ३ । देशकै ठुला आयोजना मध्येको एक ४ सय मेगावाट क्षमताको नलसिंहगाड जलाशययुक्त जलविद्युत आयोजनाको डिपीआर निर्माण कार्यमा ढिलाई भएको छ । बजेट अभावमा आयोजनाको डिपीआर निर्माणमा ढिलाई भएको हो ।
असोज ३ । देशकै ठुला आयोजना मध्येको एक ४ सय मेगावाट क्षमताको नलसिंहगाड जलाशययुक्त जलविद्युत आयोजनाको डिपीआर निर्माण कार्यमा ढिलाई भएको छ । बजेट अभावमा आयोजनाको डिपीआर निर्माणमा ढिलाई भएको हो ।
- मुलुककै ठुलो आयोजना मध्ये एक भए पनि सरकारको प्राथमिकतामा परेन
- चालु आर्थिक वर्षमा ५ करोड ३९ लाख मात्र विनियोजित ।
- ४ सय मेगावाट बिद्युत उत्पादन हुने ।
- १ खरब बढिको लागत लाग्ने अनुमान ।
आयोजनाको पहिचान भएको २५ बर्ष वितिसकेकोछ । नेपाल विद्युत प्राधिकरणले विगत ५ वर्षका अवधीमा आयोजनाको संभाब्यता अध्ययनको कार्य सम्पन्न गरेकै २ बर्ष बितेकोछ । तर अझै सम्म डिपीआर तयार हुन नसकेको स्थानीय नलसिंह गाड सरोकार समितीका सचिव वीनवहादुर सिंह बताउंछन् ।
सदरमुकाम खलंगा देखी २० कोष पुर्ब स्थित सक्ला र खगेनकोट गाबिसमा रहेको जलाशययुक्त उक्त मेगा प्रोजेक्टको डिपीआर कार्यको शुरुवात समेत हुन नसक्दा जिल्लाबासी चिन्तित बनेका छन् । आयोजनाको विस्तृत प्रतिवेदन तयार नभै निर्माण चरणमा जान नसक्ने आयोजना विकास समिति अध्यक्ष शेरबहादुर शाहीले बताए ।
५ वर्ष समय खर्चेर विद्युत प्राधिकरणले २ बर्ष अघि तयार पारेको संभाब्यता अध्ययन प्रतिवेदन समितिलाई बुझाई सकेको छ । आयोजनाको पहिचान भएको बषौ वितिसक्दा पनि आयोजना निर्माणका लागि डिपीआर समेत तयार हुन नसक्नु दुःखद भएको आयोजना सरोकार समितिका अध्यक्ष गणेस सिंह बताउँछन् ।
सरकारले बजेट भाषणमै नलसिंहगाड लगायतका ४ वटा आयोजनाको विस्तृत अध्ययन र डिपिआर कार्य सम्पन्न गर्न ३९ करोड रकम विनियोजन गरेको छ । ३९ करोड मध्ये यस आयोजना लाई ५ करोड ३९ लाख रकम मात्रै विनियोजन भएकोछ । डिपिआर लगायत सवै कार्य सक्न चालु आर्थिक वर्षमा ३९ करोड मागेको सरकार द्धारा गठित नलसिंहगाड विकास समितीका अध्यक्ष शेरवहादुर शाहीले वताए । उनले उक्त बजेट अत्यान्त कम भएको गुनासो गरे । उक्त बजेटले यस बर्ष पनि डिपिआर नबन्ने बताए ।
हिउदमा ४ सय वर्षातमा ६ सय मेगावाट भन्दा बढि बिद्युत उत्पादन क्षमता भएको यो जलासययुक्त आयोजनाको नेपाल विद्युत प्राधिकरणले हाईड्रोलोजिकल , फिल्ड सर्भे, भुकुम्प सर्भे, भौगर्भिक सर्भे, कोर ड्रिलिं¨ , पावर अप्टिमाईजेसन, २ सय केभि प्रशारण लाईन सर्भे, फिल्ड सर्भे, वातावरणीय प्रभाव अध्ययन सर्भे लगाएत संभाब्यता अध्ययनका कार्य सम्पन्न गरिसकेको जनाएको छ ।
आयोजना निर्माण गर्दा सक्लाको अधेरी खोलामा २ सय मिटर उचाई ड्याम बनाई ७ किलोमिटर सुरुंग हुदै खगेनकोटको का“डादल्लीमा ५ सय ४५ मिटर उचाईको सस्टे¨बाट पावर हाउसमा पानी झार्नु पर्ने प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
नेपालमै हालसम्म संभाब्यता अध्ययन भएका मध्ये सबैभन्दा उपयुक्त र सस्तो मेगा प्रोजेक्ट नलसिंह गाड भएको शाहीले बताए । आयोजनाको निर्माण कार्य सम्पन्न गर्न १ खरब १ अरब लागत लाग्ने अनुमान गरीएको उनले बताए ।
आयोजना निर्माणको क्रममा १ सय ५० हेक्टर जमिन र १ सय ५० घरधुरीका ८ सय २५ स्थानीय मात्र प्रभावित हुनेछन् । त्यस्तै यो आयोजनाले देशकै लोड पिक अपको पूर्ण ग्यारेण्टी गर्ने शाहीको भनाई छ । आयोजनाले मध्यपश्चिमकै विकासको ढोका खोल्ने भएपनि यस क्षेत्रका अरु जिल्लाका सरोकारवालाले कुनै वास्ता नगरेको स्थानीय विकास अधिकारीे चक्रबहादुर बुढाले बताए । आयोजनाको निर्माण कार्य सम्पन्न भएर संचालनमा आएपछि यो जिल्ला बाहेक मध्यपश्चिमका प्रत्येक जिल्लाले बर्षेनी करोडका दरले रोयल्टी पाउनेछन्, वुढाले भने ।
सम्भाब्यता अध्ययन काल्पनिक
यसैबीच, नलसिंह गाड जलविद्युत आयोजना समतिका अध्यक्ष शेरबहादुर शाहीले संम्भाब्यता अध्ययन प्रतिवेदनलाई काल्पनिक भएको वताएका छन् ।
विद्युत प्राधीकरणले २ बर्ष अघि पुरा गरेको अध्ययन प्रतिवेदनलाई पुर्ण नभएको उनले दाबी गरे ।
अध्यक्ष शाहीले प्राधीकरणको भौगर्भिक सर्भे, पावर अप्टिमाईजेसन, २ सय केभि प्रशारण लाईन सर्भे, वातावरणीय प्रभाव अध्ययन सर्भे लगाएतका सम्भाब्यता अध्ययन काल्पनिक भएको बताए ।
प्रकाशित मिति:
September 19, 2013