वैद्यले प्रचण्डलाई भने, 'सेना लगाएर हामीलाई गोली हान्न लागेको हो ?'
असोज १३ । घोषित निर्वाचनमा असन्तुष्ट नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई किन सेना परिचालन गर्न लागेको भनेर सोधेका छन् ।
गएराती दुई माओवादीका शिर्ष नेताबीचको भेटमा किरणले हिजो संगै लडेका साथी हौं, आज सेना लगाएर हामीलाई गोली हान्न लागेको हो समेत भनेको स्रोतको दाबी छ ।
तर, किरणको उक्त जिज्ञासामा प्रचण्डले भने गोली नै हान्ने गरी नभएर यसो अलि अलि मात्रै सहयोग गर्नुस् भनेर सेनालाई भनेको मात्र भनेर पन्छिने प्रयास गरेका थिए ।
गएराती भएको भेटमा एमाओवादी अध्यक्ष दाहाल, बरिष्ठ नेता डा. बाबुराम भट्टराई तथा नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य र सचिव देव गुरुङ सहभागी रहेका थिए ।
भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले चुनावमा आफ्नो पनि असहमतिका बिच सेना परिचालन भएको समेत भन्न भ्याएका थिए ।
तपाईकै मेजर रोलमा हो भनेर सारा नेता र मिडियाले भनिरहछन् कसरी अलि अलि भन्नुहुन्छ कसले गरेको हो त भनेर हामीले सोध्यौं गुरुङले भने, त्यसो भन्दा उहाँले जवाफ नै स्पष्ट दिनु भएन अरु अरुले नै हो भन्नुभयो, को अरु भन्ने भने खुलाउनु भएन ।
भेटमा वैद्य माओवादीले चुनाव सारेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेपनि आफूले मंसिर ४ मा सार्न नसक्ने बरु सोही मितिमा सहभागी हुन भनेका थिए ।

प्रकाशित मिति:
September 29, 2013