फेसबुकबाट साली पट्याउन खोज्दा प्रहरी खोरमा
असोज ५ । सामाजिक सञ्जाल फेसबुकमार्फत साली पर्ने युवतीलाई पट्याएर नाजायज सम्बन्ध राख्ने एक युवक प्रहरी खोरमा पुगेका छन् ।
रोशन गजुरेल फेसबुकमार्फत साली पर्ने एक युवतीसँग नाजायज फाइदा लिन खोजेको आरोपमा गजुरेल पक्राउ परेको आजको नयाँ पत्रिकाले खबर छापेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले ३३ वर्षीय गजुरेललाई पक्राउ गरेको हो । गजुरेललाई विद्युतीय कारबाही ऐनअनुसार कारबाही सुरु गरिएको छ ।
उक्त ऐन अनुसार पाँच वर्षसम्म कैद र एक लाखसम्म जरिवाना तथा दुवै सजाय हुन सक्ने उल्लेख छ ।
ती युवतीसँग नजिकिएर गजुरेलले नाजायज सम्बन्ध राख्ने प्रयास गर्दा असफल भएपछि युवतीलाई ब्ल्याकमेलिङ गर्ने क्रममा उनले नांगो तस्बिरमा अनुहार राखेर फेसबुकमा फोटो सार्वजनिक गरिदिएका थिए ।

प्रकाशित मिति:
September 21, 2013