ज्यान मारेकालाई उम्मेदवार बन्ने बाटो बन्द

न्यायाधीस गिरीचन्द्र लाल, सुशिला कार्की र प्रकाश वस्तीको विशेष इजलासले बिहीवार यस्तो फैसला गरेको हो ।
उनीहरुले सोमबार न्यायाधीस तर्कराज भट्टले गरेको आदेशलाई खारेज गर्दै उनीहरुले यस्तो फैसला गरेका हुन् ।
संविधानसभा निर्वाचन सवन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७० को दफा १९ (ङ) रहेको ज्यान सम्बन्धी मुद्दामा अदालतको अन्तिम फैसलाबाट सर्वस्वसहित जन्मकैद वा जन्मकैदको सजाय पाएको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने प्रावधान राखिएकोमा उक्त व्यवस्था अन्तरिम संविधानसँग बाझिएको दाबीसहित सर्वोच्चमा रिट परेको थियो ।
प्रकाशित मिति:
September 26, 2013