सांग्रिला क्यासिनो सधैंका लागि बन्द
क्यासिनो सांग्रिला सधैंका लागि बन्द भएको छ ।
क्यासिनो बन्द भएपछि त्यहाँ काम गरिरहेका करिब ५ सय मजदुर बेरोजगार भएका छन् ।
लामो समयदेखि क्यासिनोमा रहेका विभिन्न राजनीतिक दलका मजदुर संगठनबीचको आपसी द्वन्द्वबाट आजित बनेको व्यवस्थापनलाई सरकारले जारी गरेको क्यासिनो नियमावली २०७०ले बन्दै गर्न थप वल मिलेको थियो ।
व्यवस्थापनले शनिबार बिहान २ बजेबाट क्यासिनो बन्द गरिएको औपचारिक सूचना टाँसेर तालाबन्द गरेको हो । मजदुरको ज्यादती त छँदै थियो, त्यसमाथि सरकारको नयाँ नियमावलीले थप धक्का दियो, वाध्य भएर बन्द गर्नु परेको क्यासिनो व्यवस्थापन बताएको आजको नागरीकमा खबर छ ।
राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा रहेको क्यासिनो सांग्रिलामा मलेसियाली कम्पनी गोल्ड सोर क्यापिटलको सतप्रतिशत (करिब ७० करोड रुपैयाँ) लगानी रहेको थियो । यो क्यासिनो सात वर्षदेखि सञ्चालनमा थियो । हाल ४ सय ३८ जना काम गरिरहेका थिए ।
प्रकाशित मिति:
September 29, 2013