अर्काकी श्रीमतीलाई भारतमा बेच्न लैजाने युवक प्रक्राउ
भदौ २९ । औषधि गर्न भन्दै झुककाएर भारतमा बेच्च लैजाने गर्दा कपिलबस्तुको कृष्णनगर नाकाबाट एक युवकलाई प्रहरीले प्रक्राउ गरेको छ ।
प्यूठानका गोठिबाङ ७ घर भएका उमेश सुनारले सोही ठाँउ बस्ने मदन वि.क.की श्रीमतीलाई फकाई फुलाई भारततर्फ लैजान लागेको क्रममा कृष्णनगर नाकाबाट प्रहरीले प्रक्राउ गरेको हो ।
अर्काकी श्रीमतीलाई आफ्नो श्रीमती भनी गाविसबाट किर्ते सिफारिस गरी भारततर्फ लैजाने क्रममा कृष्णनगर नाकाको शान्ति पुनस्थापनागृहको अनुसन्धानका टोलीले उनीहरुलाई प्रक्राउ गरिएको हो । टोलीले सोधपुछका क्रममा लोग्नेको नाम फरक बताएपछि उनीहरु समातिएका थिए।
उसको श्रीमान उमेश पौडेलले भारतको दिल्लीमा काम गर्दै आएको र श्रीमती विरामी परी उपचारका लागि भारततर्फ लैजान लागेको भन्ने किर्ते कागज बनाएर भारत लैजाने क्रममा उनीहरु प्रक्राउ परेका हुन ।
पक्राउ परेका युवतीलाई कृष्णनगर पीआरसीको सम्पर्कमा राखेको र युवक उमेश सुनारलाई इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
September 14, 2013