मोटरसाइकलबाट दुईको मृत्युपछि अरनिको राजमार्ग बन्द

स ३ प ८४९२ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा मध्यपुरथिमि– १ बस्ने १२ वर्षीय सविन प्रजापति र वडा नं ९ बस्ने ६२ वर्षीया केशरीमैया भासिमाको मृत्यु भएको हो।
उपचारका क्रममा प्रजापतिको मध्यपुर अस्पतालमा करिब १० बजे र भासिमाको नर्भिक अस्पतालमा राति करिब १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
उपचारका क्रममा प्रजापतिको मध्यपुर अस्पतालमा करिब १० बजे र भासिमाको नर्भिक अस्पतालमा राति करिब १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने मोटरसाइकल चालक सप्तरी खड्गपुर घर भई हाल भक्तपुर दुवाकोट गाविस बस्दै आएका २० वर्षीय रावलकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शाह पनि घाइते भएको र उनको बिएन्डबी अस्पताल उपचार भइरहेको बताइएको छ।
दुर्घटनामा दुई जनाको ज्यान गएपछि आज बिहान ८ बजेपछि थिमिका बासिन्दाले अरनिको राजमार्गअन्तर्गत छ लेन सडक बन्द गराएका छन्। हरेक महिना दुर्घटना हुने एसएस चोकमा तत्काल सडकबत्ती र आकासेपुलको व्यवस्था हुनुपर्ने, चालकलाई कारबाही हुनुपर्ने र मृतक परिवारले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै स्थानीयवासीले सडक बन्द गराएका हुन्।
सडक बन्द गराएपछि अरनिको राजमार्ग भएर ओहोरदोहोर गर्ने यातायातका साधन रोकिएका छन्। - रासस
प्रकाशित मिति:
September 14, 2013