जेलबाट फरार व्यक्ति भैसी चराउदै गर्दा पक्राउ

सर्वसाधारणले दिएको सूचना आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरी टोलीले २८ वर्षीय यादवलाई गोबरगाढा टापुमा भैंसी चराईरहेको अवस्थाबाट पक्राउ गरेको कान्तिपुरमा खबर छ ।
सुनसरीको सत्तेरझोरा ६ निवासी यादवले २०६४ सालमा सुनसरी प्रकाशपुर ६ का केशव कार्कीलाई गोली हानी हत्या गरेको थियो । सोही मुद्दामा २० वर्षको जेल सजाय भोग्ने क्रममा गतवर्षको २३ कार्तिकमा भारतीय तथा बंगलादेशी कुख्यात अपराधीहरुसँगै सुरुङ खनेर यादव पनि फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले यादवको बारेमा सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको र सोही अनुसार सूचना दिएको ब्यक्तिलाई उक्त पुरस्कार प्रदान गरिने सप्तरीका प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।
प्रकाशित मिति:
September 14, 2013