भोलिदेखि राजधानीमा पाकिस्तानी व्यापार मेला
भदौ २५ । रावलपिन्डी उद्योग वाणिज्य सङ्घले स्थानीय युनाइटेड वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा भोलिदेखि चौथो पाकिस्तानी व्यापार मेला आयोजना गर्ने भएको छ।
“हामीबीच सरकारीस्तरमा मात्र होइन जनस्तरमा पनि अत्यन्त सुमधुर सम्बन्ध छ, यस्ता मेलाले जनता–जनताबीचको सम्पर्कलाई अझ सुदृढ बनाउँछ”– मेलाको उद्देश्यबारे स्पष्ट गर्दै पाकिस्तानी राजदूतले भने।
नेपाली गलैचा, चिया र पश्मिनाको माग आफ्नो मुलुकमा ज्यादै धेरै रहेको बताउँदै उनले मेलामा आएका पाकिस्तानी व्यापारीमार्फत नेपाली उद्यमी–व्यवसायीले आफ्ना उत्पादन पाकिस्तानी बजारमा पुर्याउन आवश्यक प्रयास गर्नुपर्नेमा जोड दिए।
सङ्घका प्रमुख कार्यकारी अधिकृत वर्लासले मेलामा पाकिस्तानी छालाका उत्पादन, लत्ता कपडा, शृङ्गार प्रशाधन, …फर्निचर',गृह सजावटका सामग्री खरिदबिक्री हुने जानकारी दिए। मेलामा ५० वटा बिक्रीकक्ष रहने छन्। मेलाको उद्घाटन उद्योगमन्त्री शङ्करप्रसाद कोइरालाले गर्ने कार्यक्रम छ। रासस
प्रकाशित मिति:
September 10, 2013